काठमाडौं – साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने बताएका छन्।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने ३ लाख राशीको सम्मान यसअघि पद्मश्री साहित्यकार पुरस्कार प्रदान गरिएका लेखक डा. सञ्जीव उप्रेतीले प्रश्रितसँग एउटै मञ्चबाट पुरस्कार नलिने बताएका थिए ।
प्रश्रितले आफूलाई सम्मान गर्न लागिएकोमा एक समूह नियोजित रुपमा नै चरित्र हत्या गर्न लागिपरेकाले आफू पुरष्कार नलिने निर्णयमा पुगेको बताएका छन् ।
‘धरातल’ उपन्यासमार्फत् शारदा भुषालले प्रश्रितले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। प्रश्रितले भने भुषालले आफूलाई कपोकल्पित आरोप लगाएको बताउँदै उनलाई ‘पागल’को संज्ञा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया