काठमाडौं । सोमवार शेयर बजारमा ४.७३ अंकको करेक्शन देखिएको छ । आज ०.३० प्रतिशतले घटेको बजारमा १ अर्ब ६९ करोड भन्दा धेरैको कारोबार भएको छ ।
अल्पकालीन लगानीकार्ताहरु हाबिहुदाँ सोमबार शेयरबजार परिसुचक नेप्से ४.७३ अंकले ओरालो लाग्दै १५ सय ६० दशमलव ८३ अंकको विन्दुमा बजार बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि ०.८७ अंकले ओरालो लाग्दै ३ सय ९ दशमलव ६१ अंकको बिन्दुमा सोमबारको कारोबार बन्द भएको छ ।
सोमबार १ सय ९१ कम्पनीको कुल ३० हजार ५ सय ९६ पटकको कारोबारमा ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयरको खरिदविक्रि हुदाँ १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २४ रुपैँया ९६ पैसाको कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १२ उप समुहमध्य १० उप समुहको परिसुचकमा गिरावट आएको छ भने विकास बैंक र फाइनेन्स समुहको परिसुचकमा मात्र वृद्धि देखिएको छ । ४ अंक भन्दा धेरैले घटेको बजारमा फाइनेन्स समुहको परिसुचक भने १ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । त्यस्तै व्यापार अर्थात ट्रेडिङ समुहको परिसुचक सार्वधिक १ प्रतिशत भन्दा धेरैले घटेको छ । अंकका आधारमा सोमबार पनि जिवन बिमा समुहको परिसुचक ५२.९१ अंकले ओरालो लागेको छ ।
सोमवार हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको सार्वधिक ९ करोड ३२ लाख ६३ हजार ४ सय ५६ रुपैँया बराबरको कारोबार भएको छ भने रिलायेन्स लाईफ इन्सोरेन्सको सबैभन्दा धेरै २ हजार ६ सय ९ पटक कारोबार भएको छ ।
घटेको बजारमा पनि नेपाल फाईनेन्स लिमिटेडको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले उकालो लाग्दै २ सय ३९ रुपैया प्रति कित्ता शेयरमा अन्तीम कारोबार भएको छ । त्यसैगरी पाचँथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सोमबार सार्वधिक ५.१७ प्रतिशतले गुमाएका छन् ।
सोमबार १६९ कम्पनीको कारोबार भएकोमा १ सय ६ कम्पनीको शेयरमुल्य घटेको छ भने ४५ कम्पनीको शेयर मुल्य बढेको छ बाँकि १८ कम्पनीको शेयरमुल्य भने स्थीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया