काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबारदेखि घट्न शुरु भएको बजार बुधबारसम्म पनि निरन्तर ओरालोकै यात्रामा रहेको छ । शेयरबजार परिसुचक नेप्से ३ दशमलव १९ अंकले ओरालो लाग्दा नेप्से परिसुचक १५ सय ५० दशमलव ४३ अंकको विन्दुमा बुधबारको बजार बन्द भएको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि शून्य दशमलव ६४ अंकले घट्दा सेन्सेटिभ परिसुचक ३ सय ७ दशमलव १८ अंकको बिन्दुमा बुधबारको कारोबार बन्द भएको छ । साताको दोस्रो दिनबाट घटेको बजारमा लगानीकर्ताको आकर्षण भने सस्तोदरका शेयरहरुमै रहेको छ । निरन्तर घटेको बजार जलविद्युत समुहका कम्पनी भने घमाघम बढ्दो क्रममा देखिएका छन् । घटेको बजारमा पनि ८ जलविद्युत कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा घेरैले वृद्धि भएको छ त्यसमध्य २ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कामना सेवा विकास बैंक लिमिटेड र जोशी हाइड्रोपावर कम्पनी लिमिटेडका लागनीकर्ताले बुधबार सार्वधिक १० प्रतिशतले कमाएका छन् भने नेपाल फाइनेन्स लिमिटेडका लगानीकर्ताले सार्वधिक ६.८७ प्रतिशतले गुमाएका छन् । बुधबार कारोबार रकमका आधारमा भने नेपाल पूर्नबिमा कम्पनी अग्रस्थानमा रहेको छ । उक्त कम्पनीकाृे मात्र ११ कारेड २४ लाख ३५ हजार १ सय ३६ रुपैया बराबारको शेयर बारोबार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा भने नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडको सार्वधिक ९ लाख ५५ हजार ५ सय ७३ कित्ता शेयरको खरिद विक्रि भएको छ । कारोबार संख्याका आधारमा भने बुधबार पनि रिलायन्स लाईफ इन्सोरेन्सको सार्वधिक २ हजार ६ सय ४३ पटक कारोबार भएको छ ।
बुधबार समुहगत परिसुचकमध्य १२ समुहको कारोबार भएकोमा ८ समुहको परिसुचकमा गिरावट आएको छ भने बाँकि ४ समुहको परिसुचकमा वृद्धि देखिएको छ । विकास बैंक समुहको परिसुचक सार्वधिक ३४ दशमलव ५४ अंकले वृद्धि भएको छ भने र्निजिवन बिमा समुहको परिसुचक ५१ दशमलव ५५ अंकले घटेको छ ।
बुधबार १९० कम्पनीको ३६ हजार २ सय ८२ पटकको कारोबारमा ८० लाख १९ हजार ६ सय ६१ कित्ता शेयरको खरिदविक्रि हुदाँ १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९३ रुपैया ५८ पैसा बराबारको कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका कम्पनीमध्य ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि २० कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया