माछापुच्छ्रे बैंकको आकर्षक योजना, अब भारतबाट बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने

काठमाडौं । रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारतबाट बिना कुनै अतिरिक्त्त शुल्क बिना माछापुच्छ्रे बैंकमा पैसा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो । चाडबाडको समयलाई लक्षित गरि असोज १२ गते देखि २ महिना सम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ रहेको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?