यस मितिमा आउने भयो ‘मिस्टर भर्जिन’

काठमाडौं, २९ फागुन – चलचित्र ‘मिस्टर भर्जिन’ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । केहीसमयअघि गीत रिलिज गरेको चलचित्रले आउँदो भदौ १ गतेलाई रिलिज मिति तय गरेको हो ।गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा महेश दवाडीको कथा छ । त्यस्तै रामश्वेर कार्कीको छायांकन रहेकोछ । चलचित्र युवा यौन मनोविज्ञानमा निर्माण भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?