अब ‘हाउसफुल ४’ मा बबी देओलको इन्ट्री

मुम्बई – बबी देवलका पछिल्ला दिन केही फरक बन्दै गएका छन् । पछिल्लो वर्ष उनी लामो समयपछि उनी ‘पोस्टर ब्याइ’ मा देखिएका थिए । तर फिल्म फ्लप भयो । तर यसपटक भने उनलाई एक राम्रो फिल्मबाट अफर आइरहेको छ ।उनी यतिबेला सलमान खानका साथ फिल्म ‘रेस ३’ को शूटिङमा व्यस्त छन् । साथै उनले सनी देओलसँग ‘यमला पगला दिवाना फिर से’ मा पनि काम गरिरहेका छन् ।भारतीय समाचारका अनुसार अब उनी चलचित्र ‘हाउसफुल ४’ मा पनि अभिनय गर्दैछन् । साजिद नडियाडवालाको हिट फिल्म ‘हाउसफुल ४’ मा पनि बबी देओल देखिने भएका हुन् । उक्त फिल्ममा अक्षय कुमार पनि सामेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?