एजेन्सी वासिंगटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रिक्स टिलर्सनलाई पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले उनको स्थानमा अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पेओलाई नियुक्त गर्ने भएका छन् ।ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा रिलर्सनलाई सेवाका लागि धन्यवाद दिएका छन् । नयाँ विदेशमन्त्रीले यो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने पनि उनले विश्वास व्यक्त गरेका छन् । एक्सान मोबिलका पूर्व कार्यकारी प्रुमख टिलर्सन एक वर्षअघि मात्रै विदेशमन्त्रीमा नियुक्त भएका थिए ।अमेरिकी राष्ट्रपति ट्रम्पले सीआईएको नयाँ निर्देशकमा गिना हास्पेललाई नियुक्त गर्ने तयारी गरेका छन् । अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइए यो जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनेछिन् । टिलर्सनको उत्तराधिकारीका रूपमा सिआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नेछन् ।ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले ट्रम्पले आगामी मे महिनामा हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ्ग–उनसँगको वार्ताअघि आफ्नो टिममा पुर्नसंरचना गर्न चाहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया