काठमाडौं । तीन दिन देखि निरन्तर घटेको शेयर बजारमा बिहीवार भने दरिलो वृद्धि देखिएको छ । निवर्तमान अर्थमन्त्री प्रधानमन्त्रीको आर्थिक सल्लाहाकारबाट हटेर अमेरिकी राजदूतका लागि सिफारिस भएपछि, अर्थतन्त्र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको नियन्त्रणबाट बाहिर जाने आकंलनले लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
साताको अन्तीम कारोबार दिन बिहीवार शेयर बजार परिसुचक नेप्से २० दशमलव ६१ अंकले उकालो लागेको छ । १ दशमलव ३३ प्रतिशतले वृद्धि भएको बजार १५ सय ७१ दशमलव ०४ अंकको विन्दुमा यस साताको बजार बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि २ दशमलव ९८ अंकले वृद्धि भएर ३ सय १० दशमलव १६ अंकको विन्दुमा बजार बन्द भएको छ ।
बिहीवार कारोबारमा आएका १२ उप समुहमध्ये १० वटा उप समुहको परिसुचक उकालो लागेका छन् भने जलविद्युत र म्यूचल फन्ड समुहको पसिुचक ओरालो लागेका छन् । उक्त समुहको क्रमशः २४.७६ र ०.०८ अंकले परिसुचक ओरालो लागेका छन् । बिहिबारको कारोबारमा र्निजिवन बिमा समुहको परिसुचक सर्वाधिक ३ सय ३२ दशमलव ४१ अंकले वृद्धि भएको छ ।
बिहिबार बैंक अफ काठमाडौंले आकर्षक लाभाशं घोषणा गरे पश्चात लगानीकर्ताको रोजाईमा बैंक अफ काठमाडौं परेको छ । उक्त कम्पनीको सर्वाधिक १४ करोड ७६ लाख ५६ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ भने उक्त कम्पनीको शेयरमूल्य ९.३० प्रतिशतले वृद्धि भएको छ । शेयर संख्याका आधारमा भने नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको ५ लाख ८९ हजार ४ सय २२ कित्ता शेयर खरिद विक्रि भएको छ । बिहिबार पनि कारोबार संख्याका आधारमा रिलायन्स लाईफ इन्स्योरेन्सकौ ३ हजार ३ सय १४ पटक कारोबार भएको छ ।
बिहिबारको कारोबारमा सप्तकोशी डेभलभमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक ९.८० प्रतिशतले गुमाएका छन् । बिहिबारको कारोबारमा ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा धेरैले कमाएका छन् ।
बिहीवार कारोबारमा आएका १ सय ९२ कम्पनीको ४७ हजार ३२ पटकको कारोबारमा ९९ लाख ३० हजार ८ सय ३० कित्ता शेयरहरुको खरिद विक्रिहुदाँ २ अर्ब ८० करोड ७७ लाख ८ अजार १ सउ ३७ रुपैँया २७ पैसा बराबरको शेयर कारोबार भएको छ ।
साताको अन्तीम कारोबार दिन १२१ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि ५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया