काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको १ अर्ब ७८ कारोड रुपैयाँ रकम लगानी गर्न मापदण्ड पुगेका बैंक तथा वित्तिय संस्थालाई आह्वान गरेको छ ।
राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै मापदण्ड पुगेका बैंक तथा वित्तिय संस्थालाई त्यस्तो आह्वान गरेको हो ।
राष्ट्र बैंकबाट अनुमती प्राप्त बैंक तथा वित्तिय संस्थाहरुले उक्त रकम शर्तहरु पुरागरि आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागी प्रस्ताव गरिएको ब्याजदर समेत राष्ट्र बैंकले तोकेको सिलबन्दी प्रस्ताव सम्बन्धी फारम भरी कुल लगानी योग्य रकममध्ये मिति २०७७ /०७/०२ देखि २०७८/०२/३१ सम्म २४० दिनको मुद्दति निक्षेपको रुपमा लिन चाहेको रकम खोली नेपाल राष्ट्र बैंकमा २०७७/०६/१८ गते ४ बजे भित्र बुझाउन आव्हान गरेको छ ।
कोषमा रहेको लगानी योग्य १ अर्ब ७८ कारोड रकम मध्य ८ करोड ९० लाख ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागी छुटाइएको छ भने २६ करोड ७० लाख रुपैँया ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंका लागी छुटाइएको छ । बाँकि १ अर्ब ७८ कारोड रुपैँया ‘क’ वर्गका वाणिज्य बैंकका लागी छुटाएइको छ ।
रकम लिन चाहाने बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको शर्तहरु अनिवार्य रुपमा पूरा भएको हुनु पर्ने बताएको छ ।
शर्तहरु निम्न प्रकारका रहेका छन्:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया