काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
नेपालको डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको ‘अनलाइन कर्जा आवेदन प्रणाली’ विकास गरेर बैकले घरै बसेर अनलाइन मार्फत लोन लिन पाइने जानकारी दिएको छ ।
लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एन आई सी एशियाले कोभिड १९को महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ ।
https://loanapplication.nicasiabank.com मार्फत अनलाईन कर्जाको आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागि परेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहक महानुभावहरूले मुक्ति पाउनुहुने बैंकले विश्वास लिएको छ ।
अनलाईन प्रणलीमार्फत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्ने छन् साथै सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।
साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ र ग्राहकहरूले बैंकको वेबसाइटमा गई ीयबल क्तबतगक समेत आफै त्चबअप गर्न सक्ने व्यवस्थाको निर्माण गरेको छ ।
हाल बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया