खस्यौली । प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने निर्णय गरेको छ । यसअघि १० करोड राखेर कोरोना कोष स्थापना भएको थियो ।
बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
गत वर्षदेखि नै कामकाज गर्दै आएका कर्मचारीको यस वर्ष पनि दरबन्दी स्वीकृत भएको हो । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकमा बर्दिया, गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया