काठमाडौं – पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा सरकार गम्भीर नभएको भन्दै जो जहाँ छौँ त्यहिँबाट आवाज उठाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दैउनले लेखेका छन् :
चिकित्सा शिक्षा सुधारको माग राख्दै निरन्तर अनसन बसिरहेका डा. केसी गत भदौ २९ गतेबाट जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई गत मंगलवार काठमाडौं ल्याइएको थियो । डा केसीले आफू काठमाडौं आएपनि माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने घोषणा गरेका छन् । काठमाडौं ल्याइएसँगै उनले आफू त्रिवि शिक्षण अस्पतालमा नै बस्ने भनेपनि प्रहरीहरुले उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा जबरजस्ती एम्बुलेन्सबाट उठाएर लगेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया