वैज्ञानिक स्टीफन हकिङ्गको निधन

काठमाडौं, ३० फागुन । ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । हकिङ ७६ वर्षका थिए । उनको परिवारले जनाएअनुसार उनको बुधबार निधन भएको हो ।उनी एकजना सुप्रसिद्ध भौतिशास्त्री थिए । हकिङले सन् १९८८ मा लेख्नुभएको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्रि हुने पुस्तकमा परेको थियो ।भौतिकशास्त्र सम्बन्धमा ठूलो ज्ञान भएका उनले यस क्षेत्रको ‘ब्ल्याक होल’ र सापेक्षताबारेमा कैयौँ शोधहरु गरेका थिए ।उनले भौतिक विज्ञानसम्बन्धी कैयौँ विश्वप्रसिद्ध पुस्तक लेखेका छन् । उनका तीन छोराछोरीले बुधबार विज्ञप्ति प्रकाशन गरेर उनको निधनको जानकारी गराएका छन् ।उनका तीनजना छोराछोरी लुसी, रबर्ट र टिमले उक्त विज्ञप्तिमा भन्नुभएको छ ‘हाम्रा प्यारा बुवाको आज निधन भएकाले हामी अत्यन्तै दुःखी छौँ’ ।सो विज्ञप्तिमा उनहरुले उनको महान् वैज्ञानिक र असाधारण व्यक्ति थिए भनेका छन् । उनका कृतिहरु, काम र योगदान आगामी धेरै समयसम्म पनि जिउँदो रहने छ उने भनेका छन् ।उक्त विज्ञप्तिमा उनीहरूले आफ्ना पिताको ‘साहस र दृढता’ को निकै प्रशंसा गर्दै उनको प्रतिभाले संसारका मानिसहरूलाई नै उत्प्रेरित गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।उनलाई २१ वर्षको उमेरमा नै शरीरका अंगहरु नचल्ने एक दुर्लभ प्रकृतिको रोग लागेको थियो । त्यसपछि चिकित्सकहरुले उनलाई केही वर्षमात्र बाँच्ने घोषणा गरेका थिए ।त्यसको केही वर्षपछि उनी शारीरिक रुपमा अशक्त हुन र ह्वीलचियरको सहायतामा रहेका थिए । उनी पछिल्लो समयमा पक्षाघात भएर घरैमा रहेका थिए ।शारीरिक रुपमा उनी केही गर्न सक्ने अवस्था थिए । उनी ह्वीलचियरको सहायताले मात्र यताउती गर्नसक्ने अवस्थामा रहेका थिए ।विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनका पुस्तकहरु भौतिक विज्ञान विषयका लागि विश्वमा नै लोकप्रिय छन् ।शारीरिक रुपमा अशक्त मानिसले पनि अनुसन्धान, अध्ययन एवम् अरु प्राज्ञिक क्षेत्रमा कतिसम्म गर्नसक्छ भन्ने विषयमा विश्वमा नै एक उदाहरण बनेका थिए ।सन् १९४२ को जनवरी ८ मा जन्मिनुभएका उनलाई विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका वैज्ञानिकका रुपमा तुलाना गर्ने गरिन्थ्यो ।उनलाई यी प्रसिद्ध वैज्ञानिकसँग तुलना गरेर हेर्ने गरिएकोले पनि उनी विश्वप्रसिद्ध भएका थिए ।उनलाई सन् १९७९ मा क्याम्ब्रिज विश्वविद्यालयको गणितको प्राध्यापकका रुपमा नियुक्त गरिएको थियो । पछि हकिङ स्वअध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयमा गएका थिए ।हकिङका विज्ञान, भौतिक विज्ञान तथा गणितका पनि निकै लोकप्रिय पुस्तक र खोजहरु रहेका छन् । उनको निधनले देशलाई ठूलो क्षति पुगेको यहाँका प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?