प्राइम लाईफ इन्स्योरेन्सको १२.५० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन

काठमाडौं, ३० फागुन । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले बुधबार सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट (१६० प्रतिशत हकप्रदले समेत पाउनेगरि) घोषणा गरेको १२.५० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको हो ।नेप्सेले १२.५० प्रतिशत बोनसपछि प्राइम लाईफको प्रतिकित्ता सेयरमूल्य ५५१ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर कम्पनीको बुधबार सेयर कारोबार सुचारु हुनेछ । जसको १८० दिनको सेयर कारोकारोबारका आधारमा औसत आधारमूल्य ७२६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।प्राइम लाइफले फागुन ३० गते बोनस वितरण गर्न बुकक्लोज गरेको हो । यसअनुसार २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । इन्स्योरेन्सले चैत १४ गते बुधबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।सभाले हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५ प्रतिशतले हुने १९ लाख ८३ हजार १५० कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?