कोरोना कहर सर्वत्र, बीमा समितिमा आधा दर्जन संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि बीमा समिति एक साताको लागि सिल गरिएको छ ।

बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

सोमबारबाट एक साताको लागि बीमा समिति सिल गर्ने निर्णय गरिएको बीमा समितिले जनाकारी दिएको छ ।

आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको बीमा समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?