काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार शेयर बाँडफाँड गर्ने भएको छ ।
कम्पनीका अनुसार आइतवार आवेदनको प्री एलोटमेन्ट गरिने छ भने सोमबार सम्पूर्ण शेयर बाँडफाँड गरिने कम्पनीको योजना रहेको छ ।
जनरल इन्स्योन्सले यही असोज ११ गतेदेखि १४ गतेसम्म खुल्ला गरेको आईपिओमा हालसम्मकै धेरै आठ लाख २० हजार ४०० को आवेदन परेको थियो । जसमध्ये जम्मा दुई लाख ७३ हजार सर्वसाधारणले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् ।
कम्पनीले ३० लाख कित्ता शेयर निष्काशन गरेकोमा ४ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामुहिक लगानी कोषका लागी छुटाइएको थियो । बाँकि २७ लाख ३० हजार कित्ता मंगलवार बाँडफाँड गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया