आइतवारको शेयर बजारमा हरियाली, जलविद्युत समूह भने राताम्मे

काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा आइतवार उछाल आएको छ । नेप्से १४ दशमलव ७१ अंकले उकालो लाग्दा १५ सय ८५ दशमलव ७१ अंकको विन्दुमा आइतवारको लागी कारोबार बन्द भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि २ दशमलव १९ अंकले उकालो लाग्दै ३ सय १२ दशमलव ३५ अंकको विन्दुमा बजार बन्द भएको छ ।

शुन्य दशमलव ९४ प्रतिशतले बढेको बजारमा जलविद्युत समुहमा भने करेक्शन देखिएको छ । गत साता निरन्तर जलविद्युत समुहको परिसुचक वृद्धि भएकोमा आज भने १५.२६ अंकको गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका १२ उप समुहमध्य जलविद्युत र म्युचल फन्ड समुहको परिसुचक बाहेक समग्र परिसुचक वृद्धिहुँदा शेयरबजारमा दोहोरो अंकको वृद्धि भएको हो ।

आइतबार सार्वधिक उत्पादन तथा प्रशोधन उप समुहको परिसुचक १४५.२६ अंकले वृद्धि भएको छ भने दोस्रोमा जिवन बिमा समुहको ४५.०३ अंकले वृद्धि भएको छ ।

दोहोरो अंकले वृद्धि भएको बजारमा कर्पोरेट डेभलोप्मेन्ट बैंक लिमिटेड, सिभम् सिमेन्ट र प्रोग्रेसिभ फाइनेन्स लिमिटेडका लगानकिर्ताले क्रमश ९.८४, ९.५०, ९.४५ प्रतिशतले सर्वधिक कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेड, दिव्यस्वरी हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ९.८४, ९.५७ र ९.४० प्रतिशतले गुमाएका छन् ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ । उक्त कम्पनीको २६ करोड ८६ लाख १२ हजार ६ सय ३८ रुपैया बराबरको कारोबार भएको छ । त्यसलाई पछ्याउँदै दोस्रोमा नेपाल पूर्नबिमा कम्पनीको १९ करोड ४२ लाख ८८ हजार २ सय ९९ रुपैँया बराबरको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा भने हिमाल देलखा हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ उक्त कम्पनीको ७ लाख २५ हजार ९ सय ५९ कित्ता शेयर खरिद विक्रि भएको छ । दोस्रो स्थानमा भने ५ लाख १२ हजार २३ कित्ता शेयरको खरिद विक्रिभएको नेपाल क्रेडिट एण्ड कर्मशियल बैंक रहेको छ । कारोबार संख्याका आधारमा आइतबार पनि रिलायन्स लाइफ इन्स्योरेनसनै अगाडि रहेको छ ।

आइतबार कारोबारमा आएका १ सय ९५ कम्पनीको ४५ हजार ७ सय ६३ पटकको व्यापारमा १ करोड ७ लाख १३ हजार ३ सय १२ कित्ता शेयरको खरिद विक्रिहुँदा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ७ सय १९ रुपैँया १४ पैसा बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ८६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६७ कम्पनीको शेयर मुल्य घटेको छ । बाँकि १७ कम्पनीको शेयरमुल्य भने स्थीर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?