रेमिट्यान्समा कोरोना कहर : ठुला प्लेयरकै फेस्टिभ अफर मात्र ‘६ लाख’

काठमाडौं । एक ठाउँबाट आर्को ठाउँ स्वदेश वा विदेशमा पैसा पठाउने रेमिट उद्योगमा पनि कोभिड १९ को असर देखिन थालेको छ । विश्वको आर्थिक, सामाजिक एंव व्यक्तिगत जिवनमा चोट पु-याउदै आएको कोभिड १९ ले अब नेपालको रेमिट उद्योग आफनो प्रभाव देखाउन थालेको छ ।

पछिल्लो समयको अवस्थालाई हेर्ने हो भने ठूला रेमिट कम्पनीहरुलाई व्यवसाय चलाउनै धौ-धौ पर्न थालेको छ । धेरै कर्मचारीहरु बिदा गरिएको छ भने अधिकांश कर्मचारीलाई आधा परिश्रमिकमा खटाइरहेको हामी सबैलाई अवगत नै छ ।

यस्तै अर्को तर्फ विश्वभर नेटर्वक फैलिएको रेमिट कम्पनीहरुलाई अहिलेको अवस्थामा आफनै व्यवसाय चलाउँन ‘‘खाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाउको अनुहार’’ भन्ने उखाँन झै भएको छ ।

यस्तै रेमिटान्स् कम्पनीको प्रख्यात कम्पनी कहलिएको सिटि एक्सप्रेस पनि ६ लाख को क्याम्पेन गर्न बाध्य रहेको छ र कुनै समय आफना ग्रहाकलाई घर—जग्गा दिने योजना देखि एकै कुपनमा १० लाखको चिठ्ठा पार्ने देखि हरेक हप्ता ठूला टेलिभिजनको योजना सार्वजनिक गर्ने रेमिट कम्पनीले अहिले ६० दिनका लागी मात्र ६ लाखको क्याम्पेन गर्नु पर्ने बाध्यता रहेको देखिन्छ । कम्पनीको बजारीकरणमा मुख्य भूमीका खेल्ने आकर्षण योजना ल्याउनु पर्ने बाध्यताका कारण सिटि एक्सप्रेसले ६ लाख बराबरको ६० दिने क्याम्पेन ल्याएको छ ।

यसपटको दशैँमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार हातमा योजना सार्वजनिक गरेको छ ।

उक्त योजना २ महिनासम्म चल्ने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत २ महिनासम्म हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ ।

जस्को मुल अर्थ कम्पनीको वित्तिय अवस्था कारण कमजोर बन्दै गएको आँकलन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?