कारबम विस्फोटमा परी दुई प्रहरीको मृत्यु वरिष्ठ कमाण्डरसहित चार तालिबान लडाकू पक्राउ

लासकार घा, अफगानिस्तान, ३० फागुन – अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा बुधबार सीमा क्षेत्रमा रहेको एक प्रहरीचौकीमा भएको आत्मघाती बम आक्रमणमा परी दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।स्थानीय समयानुसार बुधबार बिहान ८ः३० बजे यो प्रान्तीय राजधानी लासकार घाको पश्चिमी भागमा सो विस्फोट भएको प्रवक्ता ओमर जवाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।तालिबान आतङ्ककारी समूहले विफोस्टक पदार्थ बोकेर एक मिनी बस प्रहरी जाँच चौकीको आगाडिको गेटमा नै विस्फोट गराएका थिए ।सन् २०१४ को अन्त्यमा नेटो आवद्ध सैनिकले अफगानिस्तानको युद्ध आफूहरु युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गर्दै आ–आफ्नो देश फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा सबै अफगान सुरक्षा अधिकारीहरुमा आएको थियो ।सन् २०१५ बाट सुरक्षाको जिम्मा सबै आफ्नै काँधमा आएपछि अफगान सुरक्षा अधिकारीहरुको हताहत सङ्ख्या बढेको छ ।यसैबीच अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको प्रान्तीय राजधानी पुल ए खुम्रीमा तालिबान आतङ्ककारीविरुद्ध कारबाही गरिरहेका अफगान सुरक्षा अधिकारीहरुले तालिबानका प्रमुख कमाण्डरसहित चार जनालाई पक्राउ गरेका छन् ।प्रहरी प्रवक्ता नुसरातुल्लाह जमसिदीले उनीहरुलाई पक्राउ गरिनु ठूलो उपलब्धि भएको बुधबार जानकारी दिनुभएको छ । तालिबानका प्रमुख करी बख्तियारसहित चार जना पक्राउ परेको जमसिदीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?