मुख्यमन्त्री पोखरेल सवार गाडीमा आक्रमण, ९ जना नियन्त्रणमा

काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा आक्रमण भएको छ । उनी सवार रहेको गाडीमा आज वुटवलमा ढुंगा प्रहार भएको हो ।

प्रदेशको नामाकरण र राजधानी सार्ने प्रस्तावप्रति वुटवलमा लगातार आन्दोलन चर्किरहेको छ ।

मुख्यमन्त्री पोखरेल काठमाडौंबाट बुटवल जाँदै गरेको क्रममा उनी सवार गाडीमाथि प्रदर्शनकारीले ढुंगा मुढा प्रहार गरेका थिए ।

प्राप्त जानकारीका अनुसार मन्त्री पोखरेल र उनको सुरक्षामा खटिएका अन्य गाडीमा ढुंगा प्रहार भएको थियो ।

यसैबीच मुख्यमन्त्री पोखरेलको गाडीमा आक्रमण गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको विषयमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले उनलाई कालोझण्डा देखाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?