धनगढी, ३० फागुन – कैलालीमा पशु चौयाया व्यवस्थापन गर्न चुनौती देखिएपछि त्यसको व्यवस्थापनका लागि आगामी बैशाखदेखि गौ संरक्षण महायज्ञ लगाइने भएको छ ।कैलालीका तीन स्थानीय तहको सहयोगमा धनगढीको शिवपुर धाममा आगामी बैशाखमा गौ संरक्षण महायज्ञ आयोजना गरिने भएको हो । कैलालीमा एक समस्याका रुपमा देखिएको छाडा चौपाया व्यवस्थापनका लागि गौ संरक्षण महायज्ञ लगाइने भएको हो ।जिल्लाका विभिन्न स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापन गर्नमा समस्या देखिएपछि गाईको धार्मिक महत्त्व दर्शाउने उद्देश्यले आगामी बैशाख १८ गतेदखि धनगढीस्थित शिवपुरी धाममा महायज्ञ लगाउन लागिएको हो । महायज्ञ आयोजनाका लागि शिवपुरी उत्तररामेश्वरज्योतिर्लिङ्ग धामका संयोजक योगेन्द्र मल्लको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।संयोजक मल्लले समुदायबाट गाईको दूध खाएर छोड्ने प्रविधि रोक्नका लागि महायज्ञको आयोजना गरिएको संयोजक मल्ले बताउनुभयो ।उनले महायज्ञबाट उठेको रकम छाडा गाईको व्यवस्थापनमा खर्च गर्ने बताउनुभयो । छाडा पशु चौपायाले बाली सखाप पार्नुका साथै ट्राफिक समस्या पनि निम्त्यिाइरहेको छन् ।छाडा चौपायाले गर्दा जन गुनासो बढ्दै गएपछि समस्या समाधानका लागि एक बाटो अपनाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । अहिले धनगढीका विभिन्न वडाहरुमा गाई व्यवस्थापनका लागि सामान्य गौशालाहरु बनाइएका छन् ।तर, त्यतिले मात्रै छाडा गाई व्यवस्थापन गर्न सकिएको छैन । यसका लागि अब गाईको आर्थिक महत्व बुझाउँदै महायज्ञबाट संकलित रकमबाट गौशाला निर्माणमा मद्दत पुगोस् भनेर महायज्ञको तयारी गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृप वडले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया