अल्पकालीन लगानीकर्ता हाबी हुँदा शेयरबजारमा प्रोभिट बुकिङ, ३.६३ अंकले घट्यो बजार

काठमाडौं । सोमबार शेयरबजारमा अल्पकालीन लगानीकर्ता हाबीहुदाँ प्रोभिट बुकिङका कारण अन्त्यमा परिसुचक घटेर बजार बन्द भएको छ । सोमबार शेयरबजार परिसुचक नेप्से ३ दशमलव ६३ अंकले घटेर १५ सय ८२ दशमलव १३ अंकको विन्दुमा बजार बन्द भएको हो ।

नेप्से परिसुचक घटेर बन्द भएपनि ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सीटिभ परिसुचक भने सामान्य शुन्य दशमलव ११ अंकले वृद्धि भएको छ । वृद्धि भएको सेन्सीटिभ परिसुचक ३ सय १२ दशमलव ४६ अंकको विन्दुमा आजको बजार बन्द भएको हो ।
०.२३ प्रतिशतले घटेको बजारमा उप समुहहरु मिश्रित देखिएका छन् । ७ उप समुहको परिसुचक घटेका छन् भने ५ उप समुहको परिसुचक वृद्धि भएका छन् । सोमबार उत्पादन तथा प्रशोधन समुहको परिसुचक सर्वाधिक १.६७ प्रतिशतले घटेको छ भने र्निजिवन बिमा समुहको परिसुचक १.४३ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत समुहको परिसुचक सर्वाधिक २.१४ प्रतिशतले वृद्धि भएको छ ।

घटेको बजारमा रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दुवैकम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनेन्स लिमिटेडको शेयर मूल्य ९.२४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै प्रोग्रेसिभ फाइनेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक ७.१९ प्रतिशतले गुमाएका छन् ।

सोमबार कारोबार रकमका आधारमा नेपाल पूर्नबिमा कम्पनी अगाडि रहेको छ । उक्त कम्पनीको १४ करोड ९१ लाख ४ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल पूर्नबिमा कम्पनी सहित अरुण काबेली पावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको १० करोड भन्दा धेरैकौ शेयर कारोबार भएको छ । शेयर संख्याको आधारमा जलविद्युत समुहका कम्पनीनै अग्र स्थानमा रहेका छन् । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ९३ हजार ५ सय ५८ कित्ता शेयर खरिदविक्रि भएको छ । यसलाई पछ्याउँदै अरुण काबेली पावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ४ लाख भन्दा धेरै कित्ताको कारोबार हुँदै दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

सोमबार १ सय ९३ कम्पनीको ३९ हजार ५ सय ८७ पटकको कारोबारमा ९५ लाख १८ हजार ७ सय ६५ कित्ता शेयरको खरिद विक्रि हुँदा २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ ६९ पैसा बराबारको कारोबार भएको छ ।

सोमबार ३.६३ अंकले ओरालो लागेको बजारमा ६४ कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकि १० कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?