जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १० कित्ता पर्ने भन्दा नपर्ने २ गुणा भन्दा धेरै

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ११ गतेबाट निष्काशन गरेको साधारण शेयर मंगलबार बाँडफाँड भएको छ ।

उक्त आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली हुने भएको छ ।

कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?