राष्ट्र बैंकमा बढ्दै कोरोना जोखिम, हालसम्म १०५ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकमा कोरोना भाइरसको जोखिम बढेको छ ।

राष्ट्र बैंकका उच्च कर्मचारीसहित हालसम्म १०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको स्रोतले जनाएका छ । स्रोतका अनुसार सोमवार समेत पनि राष्ट्र बैंकमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि राष्ट्र बैंकका डेपुटी गभर्नरमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी कोरोना संक्रमणमुक्त भइसकेको स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?