काठमाडौं । विगत केहि समयदेखि लगानीकर्ताको रोजाईमा सस्तो कम्पनीको शेयर पर्न थालेको छ । जलविद्युत समुहको अधिकांश शेयर अन्यको तुलनामा कम रहेको कारण यस क्षेत्रमा आकर्षण पनि बढ्दो रहेको देखिन्छ ।
मंगलबार शेयर बजार परिसुचक नेप्से ४.१७ अंकले उकालो लागेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक पनि ०.७६ अंकले वृद्धि भएको छ ।
मंगलबार शेयरबजारको कारोबार १५ सय ८६ दशमलव २९ अंकको विन्दुमा बजार बन्द भएको छ ।
०.२६ प्रतिशतले बढेको बजारमा १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । जसमा ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेड, नेपाल फाइनेन्स लिमिटेड, नगडि गु्रप पावर लिमिटेड ,माउन्टेन हाइड्रो नेपाल र दिव्यशवरी हाइड्रो पावर लिमिटेडका लगाीकर्ताले मंगलबार सर्वाधिक १० प्रतिशतले कमाएका छन् । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक ४ प्रतिशतले गुमाएका छन् ।
यस्तै कारोबार रकमका आधारमा सानिमा माई हाईड्रोपावर र नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको १० करोड भन्दा धेरैको कारोबार भएको छ । यस्तै शेयर संख्याका आधारमा पनि नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेड अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको १० लाख ५३ हजार ६ सय ९२ कित्ता शेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा मंगलबार पनि रिलायन्स लाईफ इन्स्योरेन्सनै अगाडि रहेको छ । उक्त कम्पनीको १ हजार ९ सय ९२ पटकको कारोबार भएको छ ।
मंगलबार शेयर बजार ४.१७ अंकले वृद्धिहुँदा समुहगत परिसुचक भने मिश्रित देखिएका छन् । समुहगत परिसुचक मध्य १२ समुहको कारोबार भएकोमा ६ समुहको परिसुचक वृद्धि भएको छ भने बाँकी ६ समुहको परिसुचक घटेको छ । बढ्नेमा जलविद्युत समुहको परिसुचक सर्वाधिक ५.१२ वृद्धि भएको छ भने घट्नेमा र्निजिवन बिमा समुहको ०.७२ प्रतिशतले घटेको छ ।
मंगलबार १ सय ९५ कम्पनीको ३९ हजार २ सय ३६ पटकको कारोबारमा ९९ लाख ४९ हजार ३ सय १७ कित्ता शेयरको खरिद विक्रिहुँदा २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३ सय ३२ रुपैयाँ ४४ पैसा बराबरको शेयर कारोबार भएको छ ।
मंगलबार बजार पूँजीकरण २१ खर्ब १४ अर्ब ३४ करोड ३३ लाख ४६ हजार २ सय २६ रुपैयाँ ५ पैसा कायम भएको छ ।
मंगलबार कारोबारमा आएका कम्पनीमध्य ७४ कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ बाँकी १८ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया