खुल्यो सानीमा जनरल इन्स्योरेन्सको आइपिओ

काठमाडौं । सानीमा जनरल इन्स्योरेन्स लिमिटेडले बुधबारबाट ३० लाख कित्ताका लागी आवेदन खुलाएको छ । उक्त आइपिओ असोज २१ गते देखि २५ गतेसम्म ५ दिनका लागी खुलाइएको छ । २५ गते सम्म पूरै रकम बराबरको आवेदन नपरे कार्तिक ६ गते सम्मका लागी आवेदन लम्बाँइने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीका लागी छुटाइएको छ भने ५ प्रतिशत सामुहिक लगानी कोषका लागी छुटाएर बाँकि ९१ प्रतिशत अर्थात २७ लाख ३० अजार कित्ता आम सर्वसाधारणका लागी छुटइएको छ ।

सानीमा जनरल इन्स्योरेन्स लिमिटेडको शेयर निश्काषन एंव विक्रि प्रवन्ध  मिलाउन एन आई सी एशिया क्यापिटललाई जिम्मेवारी दिइएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आइ पी ओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्ने छ ।

पछिल्लो समयको आईपिओको ट्रेण्ड हेर्दा गोला प्रथाबाट १० कित्ता पर्ने सम्भावना रहेको कारण १० कित्ता आवेदन दिन सुझाव गरिन्छ ।

देशमा रहेको १८ निर्जिवन बिमा कम्पनी मध्य सानीमा जनरल इन्स्योरेन्सको बजार हिस्सा बिमा प्रिमियमको आधारमा १.४८ प्रतिशत रहेको छ भने देशभर यस्को १८ शाखाहरु रहेका छन् । वित्तीय विवरण र्हेदा कम्पनीको कुल चुक्ताको जगेडा कोष र नाफा गरि आर्थिक वर्ष २०७६/७७ का लागी १९.१८ लाख रहेको छ ।

केयर रेटिङ नेपाल लिमिटेडले सानीमा जनरल इन्स्योरेन्स लिमिटेडलाई ‘CARE-NP BB+ (Is)’  रेटिङ प्रदान गरेको छ । यस रेटिङ अनुसार कम्पनीको वित्तीय अवस्था औषतमा जोखियुक्त रहेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?