काठमाडौं । यदि तपाई केहि किन्दै हुनुहुन्छ भने तपाईका लागि शुभ अवसर आईरहेको छ । १७ अक्टोबरबाट शारदीय नवरात्री आरम्भ हुन्छ ।
ज्योतिषीका अनुसार अहिले अधीकमास चलिरहेको छ । ११ अक्टोबरमा रवि पुष्य, सर्वार्थसिद्धी, सिद्धि योग रहनेछ ।
यस योगमा किनिएका सामानहरु मात्र शुभ नभएर यी सामानले सुख, सौभाग्य र समृद्धि ल्याउँछ ।
ज्योतिषाचार्यका अनुसार अधीकमासमा आउने पुष्य नक्षत्रसर्वसिद्धिदायक हुन्छ ।
यस मुहूर्तमा किनिएका सवारी साधन, भूमी, सुन, चाँदी, आभूषण, इलेक्टिोनिक सामान अन्य सामानले सुख समृद्धी ल्याउँछ ।
ज्योतिषीहरुका अनुसार यस पटक शारदीय नवरात्रमा केहि शुभ मुहूर्त आउनेछन् । जस बेला किनिएका सामानहरु मंगलदायी साबित हुनेछन् ।
शास्त्रका अनुसार सर्वार्थसिद्धीर रवि पुष्य नक्षत्रको अवसररमा जे सुकै शुभ कार्यहरु दीर्घकालीन फल दिने खालका हुन्छन् ।
यस पटक रविपुष्यको योग ११ अक्टोबर दिनभरि नै रहनेछ । यस्तो अवस्थामा त्यो दिनभरिमा जे पनि किन्न सक्नुहुनेछ ।
त्यसपछि १३ अक्टोबरमा कुमार योग तथा १४ मा राजयोग रहेको छ । जो शुभ कार्यका लागि राम्रो मानिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया