नेप्से १६ सय अंकमा पुग्दा ३१ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । यस साता निरन्तर वृद्धि भएको बजारले बुधबार १६ सयको अंक पार गरेको छ । १४.६८ अंकले बढेको बजारमा कारोबार रकम पनि उत्साहजनक रहेको छ भने ३१ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसुचक १६ सय दशमलव ९८ अंकको विन्दुमा बजार बन्द भएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सीटिभ परिसुचक पनि १ प्रतिशत भन्दा धेरैले वृद्धि हुँदै ३ सय १६ दशमलव ४० अंकमा बजार बन्द भएको छ । शून्य दशमलव ९३ प्रतिशतले बढेको बजारमा ९ उप समुहको परिसुचकमा वृद्धि देखिएको छ भने बाँकि ३ समुहको परिसुचकमा झिनो अंकको गिरावट देखिएको छ ।

टे«डिङ अर्थात व्यापार उप समुहको परिसुचक सर्वाधिक ०.२९ प्रतिशतले घटेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन उप समुहको परिसुचक ०.०३ प्रतिशतले घटेको छ । त्यस्तै लधुवित्त समुहको परिसुचक ०.०१ प्रतिशतले मात्र ओरालो लागेको छ ।
बुधबारको कारोबारको आकर्षणको केन्द्र जलविद्युत समुह नै रहेको छ । उक्त समुहको परिसुचक सर्वाधिक ५.५४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै विकास बैंक समुहको परिसुचक ३.९० प्रतिशतले उकालो लागेको छ ।

बुधबारको कारोबारमा ५ कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको छ । जस अन्र्तगत सबै कम्पनीहरु जलविद्युत समुह अनर्तगतकै रहेका छन् । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक १५ करोड २९ लाख २३ हजार ६ सय ६ रुपैँया बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको ७ लाख ५२ हजार ४ सय ६२ कित्ता शेयरको खरिद विक्रि भएको छ । कारोबार संख्याका आधारमा भने बुधबार पनि रिलायन्स लाइफ इन्स्योरेन्सको १६ सय ८८ पटक सर्वाधिक कारोबार भएको छ ।

बुधबारको कारोबारमा ४ कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ भने २७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, बरुण हाइड्रो पावर कम्पनी लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै लक्ष्मी इक्वीटी फन्डका लगानीकर्ताले सर्वाधिक ३.११ प्रतिशतले गुमाएका छन् भने महिला सहयात्री माइक्रोफाइनेन्सका लगानीकर्ताले २.२९ प्रतिशतले गुमाएका छन् ।

बुधबार १९५ कम्पनीको ४५ हजार ९ सय ८१ पटकको कारोबारमा १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता शेयरको खरिदविक्रि हुँदा ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २ सय ९६ रुपैयाँ ३५ पैसा बराबरको शेयर खरिद विक्रि भएको छ ।

बुधबार कारोबारमा आएका कम्पनीमध्य १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ठ कम्पनीको शेयरमूल्य घटेको छ । यस्तै ९ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?