काठमााडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताएका छन् ।
आज सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा उनले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनु पर्ने धारणा राखेका हुन् ।
प्रदेश सरकारले आईसोलेसन निर्माण एबम संचालन गरीरहेको जानकारी दिदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए ।
अन्य जिल्लामा संक्रमण कम भएपनि अहिले काठमाडौंमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलको जोड थियो ।
काठमाडौंको संक्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरि काम गरीरहेको पनि उनले जानकारी दिए ।
यसैगरी कोरोना सङ्क्रमणकै कारण पनि शिक्षा क्षेत्रमा समस्याग्रस्त बनेको बिषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसङ्ग समन्वय र सहकार्य हुने बताए ।
प्रदेशले कोरोना परीक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र ४ वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ । हाल प्रदेशमा ३ हजार २ सय ६० आइसोलेसन बेड, ६ सय ३० आर्इसीयू बेड रहेका छन भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया