काभ्रेस्थली माविका लागि नवनिर्मित भवन हस्तान्तरण

तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नं २ स्थित काभ्रेस्थली माविका लागि नवनिर्मित भवन बुधबार हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको अनुदानमा डिएलपिआई र सिएलपिआई संस्थाको करीब चार करोड ६४ लाख लागतमा निर्माण भएको १२ कोठे आधुनिक भवनमा कम्युटर, सोलार प्यानल, पानी ट्याङ्की शौचालयलगायत राम्रो व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले बताए ।

चार सय ५० विद्यार्थी अध्ययन गर्ने उक्त भवन अपाङ्गमैत्री रहेको बताइएको छ । हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी एवं शिक्षकलाई सम्मानसमेत गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?