इस्लामाबाद, १ चैत – पाकिस्तानको पूर्वीसहर लाहोरमा रहेको एक प्रहरीचौकीमा भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ ।प्रहरी अधिकारीले बिहीबार सो जानकारी दिएका छन् । यस आक्रमणमा परी पाँच प्रहरी अधिकारी र चार सर्वसाधारणको मृत्यु भएको थियो ।प्रहरी उच्च अधिकारी हैदर असरफले बुधबार भएको यस विस्फोटमा परी मारिने व्यक्तिको संख्या नौ पुगेको बताउनुभएको छ ।पाकिस्तानको पूर्वीप्रान्त पञ्जावको प्रान्तीय राजधानी लाहोरको बाहिरी इलाकामा पर्ने रैविन्द सहरमा अवस्थित एक प्रहरी चौकीमा रहेका प्रहरीलाई लक्ष्यगर्दै विस्फोटक पदार्थ जडित भेस्ट लगाएका एक व्यक्तिले आत्मघाती आक्रमण गराएका थिए ।स्थानीय सञ्चारमाध्यमका अनुसार यस आक्रमणको पाकिस्तानी तालिबानले जिम्मा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया