साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट, जलविद्युत समूहमा पहिरो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । गत कारोबार दिन बुधबार १६ को अंक पार गरेको शेयर बजार बिहिबार भने ११.३४ अंकले ओरालो लाग्दै १५८९.६४ अंकमा बिहिबारको बजार बन्द भएको छ ।

०.७१ प्रतिशतले घटेको बजारमा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सीटिभ इन्डेक्स १.६५ अंकले घटेर ३ सय १४ दशमलव ७५ अंकको विन्दुमा बजार बन्द भएको छ ।

दोहोरो अंकले घटेको बजारमा ३ उप समुहको परिसुचक उकालो लागेको छ । फाइनेन्स समुहको परिसुचक सर्वाधिक ३.९१ प्रतिशतले उकालो लागेको छ भने सामुहिक लगानी कोष र लधुवित्त समुहको परिसुचक क्रमशः ०.१४ र ०.०३ प्रतिशतले वृद्धि भएको छ । बाँकि ९ उप समुहको परिसुचक भने घटेको छ ।

जलविद्युत समुहको परिसुचक सर्वाधिक ३.०८ प्रतिशतले घटेको छ भने होटल समुहको परिसुचक १.७१ प्रतिशतले घटेको छ बाँकि ७ समुहको परिसुचक १ प्रतिशत भन्दा कमले घटेका छन् ।

बिहिबार कारोबारमा आएका कम्पनीमध्य अरुण काबेली पावर लिमिटेड र नेश्नल हाइड्रो पावर कम्पनीको १० कारोड भन्दा धेरैको कारोबार भएको छ । उक्त कम्पनीको क्रमशः १२ करोड ४१ लाख ८० हजार ४ सय ५३रुपैयाँ र १० करोड ३७ लाख ३ हजार २ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा पनि नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेड अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको ८ लाख २५ हजार ९ सय ३३ कित्ता शेयर खरिद विक्रि भएको छ । कारोबार संख्याका आधारमा बिहिबार पनि रिलायनस लाईफ इन्स्यनेरेन्स रहेको छ ।
उक्त कम्पनीको २ हजार १ सय २४ पटकको कारोबारमा ६सय १५ रुपैयाँ प्रति कित्ता शेयरमा अन्तीम कारोबार भएको छ ।

बिहिबार ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएका छन् भने मल्टि प्रपोज फाइनेन्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बिहिबारको कारोबारमा अधिकांश जलविद्युत समुहका कम्पनीको शेयर मूल्य घटेको छ जसमा सिर्नजी पावर डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ७.०८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयरको खरिदविक्रि भएको हुँदा २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

बिहिबार कारोबारमा आएका कम्पनीमध्ये ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि ५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?