प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । गत साता आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?