काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु बन्द गरेको छ ।
आज (शुक्रवार) कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो ।
कार्यालयबाट सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राखिने कोषले जनाएको छ ।
उपत्यकाभित्र कोषले पुल्चोक, सिंहदरबार, ठमेल, लगनखेल लगायतका ठाउँहरुबाट सेवा दिँदै आइरहेको छ । भने विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया