काठमाडौं । भारतको राजस्थानको सुपर लग्जरी ट्रेन प्लेस अन ह्वील्सलाई संसारको सबैभन्दा दोश्रो लग्जरी ट्रेन घोषित गरिएको छ । संसारकै पहिलो लग्जरी ट्रेन भने यूरोपको ओरिएन्ट एक्सप्र्रेस रहेको छ ।
आरामदायी सुविधाले भरिपूर्ण प्लेस अन ह्वील्सको शुरुवात २६ जनवरी सन् १९८२ बाट भएको हो ।
त्यो बेलादेखि आजसम्म पनि यसले आफ्ना यात्रीलाई आरामदायी सुविधा प्रदान गरिरहेको छ ।
यो ट्रेनमा यात्रा गर्नको लागि भारतीय ७.४६ लाख, ४.२६ लाख र ३.२० लाख रुपैयाँ तिनुपर्छ । यसलाई तीन बेड केबिन, सिंगल बेड केबिन र डबल बेड बेबिनमा बाँडिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया