काठमाडौं । हामीले पानीले भरिएको कुवा त सुनेका नै छौँ । तर कहिल्यै पनि कुवामा प्रकाश निस्किन्छ भन्ने कुरा सुनेका छैनौँ होला ।
आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउनेछौँ । पोर्चुगलमा एउटा रहस्यमयी कुवा रहेको छ । जसमा जमीन मुनिबाट रहस्यमयी प्रकाश निस्किन्छ ।
यो प्रकाश बाहिर सम्मै पनि राम्रोसँग देख्न सकिन्छ । यसको रहस्य पत्ता लगाउन वैज्ञानिकहरु पनि असमर्थ भएका छन् ।
पोर्चुगलको सिन्तरा नजिक क्पिन्ट डा रिगालेरिया महलमा एक कुवा रहेको छ । यो कुवालाई लेबीरिन्थिक ग्रोटो पनि भनिन्छ ।
यो कुवामा सिक्का हालेपछि उनीहरुको सबै मनोकामना पूरा हुने विश्वास गरिन्छ । तर उक्त प्रकाश कहाँबाट आउँछ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
एजेन्सीको सहयोगमा
Note : “Photo has been removed due to infringement.”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया