दसैँको मुखमा तरकारी छोइ नसक्नु, गान्टे मूलाकै मूल्य प्रति किलो ९५ रुपैयाँ !

काठमाडौं । चाडपर्व नजिकिएसँगै बजारमा तरकारीको भाउ आकाशिएको छ । बजारमा स्कुस मात्र एउटा यस्तो तरकारी रहेको छ जस्को मूल्य १८ रुपैयाँ प्रति केजीमा कारोबार भइरहेको छ । बाँकी प्राय सबै तरकारीको मूल्य आम नागरिकले छोइ नसक्नु रहेको छ ।

कालिमाटि फलफूल तथा तरकारी विकास र्बोडले आइतबार सार्वजनिक गरेको थोक मूल्य सूची अनुसार रातो आलु प्रति केजि औसतमा ९२ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै गोलभेडा ठूलो(नेपाली) प्रति के.जी. ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

औसतमा गोलभेडा सानो प्रति के.जी.४८ रुपैयाँ , गोलभेडा सानो(टनेल) प्रति के जी ५५ रुपैयाँ, आलु रातो प्रति के.जी. ९२ रुपैयाँ, आलु रातो(भारतीय) प्रति के जी ६१ रुपैयाँ, प्याज सुकेको भारतीय प्रति के.जी. १०६ रुपैयाँ, गाजर (लोकल) प्रति के.जी. ११५ रुपैयाँ बन्दा(लोकल) प्रति के.जी.६५ रुपैयाँ, काउली स्थानिय प्रति के.जी. १०५ रुपैयाँ, मूला सेतो (लोकल) प्रति के.जी. ३३ रुपैयाँ, सेतो मूला(हाइब्रीड) प्रति केजी ३३ रुपैयाँ, भन्टा लाम्चो प्रति के.जी. ९८ रुपैयाँ, बोडी(तने) प्रति के.जी. ७८ रुपैयाँ, मकै बोडी प्रति केजी ४८ रुपैयाँ, घिउ सिमी(लोकल) प्रति के.जी. ६५ रुपैयाँ, घिउ सिमी(हाइब्रीड) प्रति केजी ७८ रुपैयाँ, भटमासकोशा प्रति के.जी. ७८ रुपैयाँ, तितो करेला प्रति के.जी. ६५ रुपैयाँ, लौका प्रति के.जी. ५८ रुपैयाँ, परवर(लोकल) प्रति के.जी. ९८ रुपैयाँ, घिरौला प्रति के.जी. ९८ रुपैयाँ तोकेको छ ।

त्यस्तै झिगूनी प्रति के.जी. ८५ रुपैयाँ, फर्सी पाकेको प्रति के.जी ३३ रुपैयाँ, हरियो फर्सी(डल्लो) प्रति केजी ३८ रुपैयाँ, भिण्डी प्रति के.जी. ७८ रुपैयाँ, पिंडालू प्रति के.जी. ५८ रुपैयाँ, स्कूस प्रति के.जी. १८ रुपैयाँ, रायो साग प्रति के.जी. ९५ रुपैयाँ, पालूगो साग प्रति के.जी. ९५ रुपैयाँ, चमसूरको साग प्रति के.जी.९५ रुपैयाँ, तोरीको साग प्रतिके.जी.७५ रुपैयाँ, प्याज हरियो प्रति के.जी. १९५ रुपैयाँ, च्याउ(कन्य) प्रति के.जी. १७५ रुपैयाँ, च्याउ (डल्ले) प्रति के जी ३४५ रुपैयाँ, न्यूरो प्रति के.जी. ९५ रुपैयाँ, चुकुन्दर प्रति के.जी. ६५ रुपैयाँ, पुदीना प्रति के.जी. १४५ रुपैयाँ, गान्टे मूला प्रति के.जी. ९५ रुपैयाँ, इमली प्रति के.जी. १३५ रुपैयाँ, तामा प्रति के.जी. ९५ रुपैयाँ, तोफु प्रति के.जी. ९५ रुपैयाँ, गुन्दुक प्रति के.जी. २९५ रुपैयाँ, स्याउ(झोले) प्रति के.जी. १४५ रुपैयाँ, स्याउ(फूजी) प्रति के जी २९५ रुपैयाँ, केरा एक दर्जन को ८५ रुपैयाँ, कागती प्रति के.जी. १५५ रुपैयाँ, अनार प्रति के.जी. २१५ रुपैयाँ, सुन्तला (भारतीय) प्रति केजी ९५ रुपैयाँ, तरबुजा (हरियो) प्रति के.जी. ७८ रुपैयाँ, मौसम प्रति के.जी. १०५ रुपैयाँ, भुई कटहर प्रति गोटा १०५ रुपैयाँ, काक्रो(लोकल) प्रति के.जी. ५५ रुपैयाँ, काक्रो (हाइब्रीड) प्रति के जी ३३ रुपैयाँ, मेवा(भारतीय) प्रति केजी ८५ रुपैयाँ, अम्बा प्रति के.जी. ३३ रुपैयाँ निधारर्ण गरिएको छ ।

यसैगरी लप्सी प्रति के.जी. ३८ रुपैयाँ, अदुवा प्रति के.जी. ६५ रुपैयाँ, खु्र्सानी सुकेको प्रति के.जी. ३१५ रुपैयाँ, खु्र्सानी हरियो प्रति के.जी. १७५ रुपैयाँ, खुर्सानी हरियो(माछे) प्रति के जी ११५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) प्रति के जी २५५ रुपैयाँ, भेडे खु्र्सानी के.जी. १७५ रुपैयाँ, लसुन हरियो प्रति के.जी. २५५रुपैयाँ, हरियो धनिया प्रति के.जी. ५३५ रुपैयाँ, लसुन सुकेको चाइनिज प्रति के.जी. १६५ रुपैयाँ, लसुन सुकेको नेपाली प्रति के.जी. २४५ रुपैयाँ आइतबारका लागी तोकिएको छ ।

कोभिड १९ का कारण नेपालमा उत्पादन हुन नसकेकोले भारतबाट धेरै आयात गर्नु पर्दा राजधानीमा तरकारीको मूल्य अकाशियको बताइन्छ । तर उपभोक्ता भने चाडपर्वको समयमा विचौलीयाहरुको मनोमानीले गर्दा यहि समयलाई लक्षित गरेर तरकारीको मूल्य बढाइएको गुनासो गर्ने गरेका छन् । तर नेपालको बिडम्बना न त यस्को नियमन हुन सकेको छ न त सहि विवरणको तथयाङक सार्वजनिक हुने गरेको छ । तसर्थ सरकारको विशेष ध्यान कृषक र आम उपभोकता प्रति उत्तरदायी हुन जरुरी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?