काठमाडौं–प्रहरीले नेपाल क्रेडिट एण्ड कमर्स बैंकका संचालक समितिका सदस्यसहित दर्जनौंलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले बागबजारस्थित बैंक कार्यालय भित्रै छापामारी बैठकका संचालक समितिका सदस्यसहित दर्जनौं जनालाई शुक्रबार विहान पक्राउ गरेको हो ।पक्राउ परेकाहरुमाथि बैंकको १ अरव ५६ करोड हिनामिना गरेको आरोप लगाइएको छ । एपेक्स, इन्फास्ट्रक्टर, सुप्रिय र इन्टनरनेशनल डेभेलप्मेन्ट बैठक मर्च भएर एउटै बंैक एनसीसी बैंक बनेको थियो ।पक्राउ परेका सबैलाई महाराजगंजस्थित सिआईबीको कार्यालयमा राखिएको छ । घटनाबारे विस्तृत जानकारी दिन अपरान्ह ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया