काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (आइतवार) देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका छन् ।
बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया