एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता, चिनियाँ पर्यटकहरुले ‘विच्याट’मार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्न सकिनेछ ।

यस बैंक विच्याट (Wechat) भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक रहेको छ ।

टेन्सेन्ट होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्ने बैंकले जनाएको छ ।

१.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक बनेको छ ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ ।

देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ । यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने छ ।

साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?