काठमाडौं । कुल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाको आवेदन परेको छ ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख ८२ हजार ७०३ जनाले आवेदन दिएका छन् । कूल आवेदकको संख्या अझै थप हुनेछ ।
कम्पनीका अनुसार आज अपरान्ह पाँच बजेसम्म एक करोड ८९ लाख ७६ हजार ६० कित्ताको आवेदन पर्दा एक अर्ब ८९ करोड ७५ लाख छ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले कूल ३० करोड रुपैयाँको आईपिओको लागि आवेदन खुल्ला गरेको थियो ।
एनआईसी एसिया क्यापिटलका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा दुई लाख ७३ हजार जनाले मात्रै शेयर पाउने छन् भने बाँकी करिब साढे छ लाख भन्दा बढिको हात खाली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया