एनसीसी बैंकका अध्यक्ष विष्णु धितालसहित १३ कर्मचारी पक्राउ (सूची सहित)

काठमाडौं, २ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को करिब दुई अर्ब रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।शुक्रबार बिहान एनसीसी बैंकको बोर्ड बैठक चलिरहेको बेला केन्द्रीय अनुसन्धान ब्यूरो र प्रहरीसहितको टोलीले एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरु रहेका छन् ।सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ ।पक्राउ पर्नेहरुमा निम्न व्यक्तिहरु छन्ः–यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । नक्कली ऋणी सृजना गरी दुई अर्ब रुपैयाँ ऋण जारी गर्दा एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको थियो ।एपेक्सका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् । दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।यसैगरी वैशाख २८ मा उच्च अदालत पाटनले एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न एनसीसीलाई अन्तरिम आदेश जारी गरेको थियो । एपेक्स गाभ्न राष्ट्र बैंकले नै अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?