निबुवा खाँदा हुन सक्छन् यी घातक रोग, दाँत पनि कमजोर हुन्छन् !

काठमाडौं । यदि तपाई हरेक दिन आफ्नो डाइटमा दुई वा त्यो भन्दा धेरै निबुवा खानुहुन्छ भने सचेत बन्नुहोस् । यसले हाम्रो शरीरमा अत्याधिक प्रभाव बनाउँछ ।

यसले तौल कन्ट्रोल गर्दछ र डाइजेशन सहीर रहन्छ साथै शरीरलाई पर्याप्त भिटामिन सी पाइन्छ, जसबाट हाम्रो इम्यूनिटी पनि स्ट्रन्ग हुन्छ । तर यसबाट केहि साइड इफेक्ट पनि हुन्छन् । निबुवामा टाइरामाइन नामको एक एमिनो एसिड हुन्छ, जुन नेचुरल मोनोअमाइन हुन् ।

वैज्ञानिकका अनुसार मोनोअमाइन शरीरको तन्त्रिकाको कोशिकाहरुको बीचमा सूचना आदानप्रदानमा काम आउँछ ।

शरीरमा यो धेरै भएपछि नर्भस सिस्टममा रक्तसञ्चार प्रवाह गर्ने नसामा असर पर्छ । यसबाट रगतको प्रवाहमा पनि असर पर्दछ ।

साथै घातक रोगहरु पनि लाग्छन् । नियमित रुपमा भिटामिन सी धेरै खाँदा पेट दुख्ने, बान्ता हुने, दाँत कमजोर हुने,पेटमा एसिडिटी जस्तो रोग हुन सक्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?