काठमाडौं । आजको समयमा सामूहिक परिवारमा कमै मात्र मानिस बस्न रुचाउँछन् । सानो परिवार सुखी र खुशी हुन्छ भन्ने कुरा धेरैले सोच्ने गर्दछन् ।
यस समयमा ४ जनाको परिवारलाई त खर्च गर्न पैसा पुग्दैन भने एकै परिवारमा १८१ जना मानिसलाई खर्च कसरी चल्छ होला ।
तपाईलाई विश्वास नलाग्ला एउटा यस्तो पनि परिवार छ जहाँ १८१ जना परिवारका सदस्य एकै ठाउँमा बस्छन् ।
हामी आज तपाईलाई जानकारी दिँदैछौँ मिजोरमको आईजलको बारेमा । जिओना नामको ति व्यक्तिको परिवारमा श्रीमती र छोराछोरीसहित १८१ जना सदस्य छन् ।
यो परिवार संसारकै सबैभन्दा ठूलो परिवार हो । उनीहरु १ सय कोठा भएको एक घरमा बस्छन् । त्यस घरका मुखिया हुन् जिओना चाना ।
उनका ३९ जना श्रीमती छन् भने ९४ बच्चा र १४ बुहारी, ३३ जना नातीनातिनी र एक पनाती रहेका छन् ।
उनकी सबैभन्दा कान्छी श्रीमती ३३ वर्षकी छन् । उनीसँग विवाह २ हजार सालमा भएको थियो । उनकी श्रीमती उनलाई त्यस क्षेत्रकै सबैभन्दा ह्याण्डसम व्यक्ति मान्छिन् ।
एक दिनमा उनको घरमा ४० किलो चामल, ४० कुखुरा, २४ किलो दाल, ५० किलो शब्जीको प्रयोग हुन्छ । डाइनिङ हलमा ५० टेबल राखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया