काठमाडौं । सोमवारको कारोबार शुरु भएको शुरुवात देखि नै निरन्तर ओरालो लागेको शेयर बजार अन्तमा १.७४ अंकको बढेर बन्द भएको छ । सोमवार नेप्से परिसुचक १५ सय ७८ दशमलव ०१ अंकको विन्दुमा आएर आजको दिनको कारोबार बन्द भएको हो । ०.११ प्रतिशतले बढेको बजारमा सेन्सिटिभ इन्डेक्स ०.४४ प्रतिशत अर्थात १.३७ अंकको वृद्धिसँगै ३१३.११ विन्दुमा कारोबार बन्द भएको छ ।
नेप्से परिसुचक बढेर बन्द भएको अवस्थामा समुहगत परिसुचक भने मिश्रित देखिएको छ । कारोबारमा आएका १२ उप समुह मध्य ७ समुहको परिसुचक घटेको छ भने बाँकि ५ समुहको परिसुचक बढेको छ । बढ्ने समुह अन्तर्गत विकास बैंक समुहको परिसुचक सर्वाधिक ३.८८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै वित्त समुहको परिसुचक सर्वाधिक १.३५ प्रतिशतले घटेको छ । अन्य सबै समुहका परिसुचक १ प्रतिशत भन्दा कमले घटबढ भएका छन् ।
सोमबार मुक्तिनाथ विकास बैंकको सर्वाधिक १६ करोड ५० लाख ८ हजार ८ सय २१ रुपैयाँको कारोबार हुँदा उक्त बैंकको शेयरमुल्य पनि सर्वाधिक ९.८५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मुक्तिनाथ विकास बैंकको सर्वाधिक ४ लाख ६० हजार ४ सय ७८ शेयर कित्ताहरुको खदि विक्रि भएको छ । कारोबार संख्याका अधारमा भने सोमबार पनि रिलायन्स लाइफ इन्स्योरेन्सको २ हजार ६५ पटक कारोबार भएको छ ।
सोमबारको कारोबारमा सबैको लधुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक ६.०५ प्रतिशतले गुमाएका छन् ।
सोमबार कारोबारमा आएका १ सय ८९ कम्पनी मध्य ३१ हजार ८ सय ३७ पटकको कारोबारमा ६८ लाख १५ अजार ७ सय १० रुपैयाँ बराबरको कारोबार हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० अजार १ सय ९३ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका कम्पनीमध्य ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयरमूल्य घटेको छ बाँकि २२ कम्पनीको शेयरमूल्य भने स्थीर रहेको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया