लिभोन नेपालले गर्‍यो दोस्रो भाग्यशाली ‘लक्की ड्र’ विजेताको घोषणा

काठमाडौं । लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजरमा राखेर तयार पारिएको कम्पनीले बताएको छ । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु अब नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरम सँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध छन् ।

नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरेको छ ।

विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरु मध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिईन् । जस अनुसार १ महिनाको लक्डाउन पछिको “सिल्की हेयर एण्ड स्मूथ राइड” लक्की ड्र मा यामाहा फ्यासिनो 125FI बाइक विजेता बनेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?