काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रले महामारीको समयमा सरकारलाई दरिलो साथ र सहयोग दिंदै आएको छ जनाएको छ । त्यतिमात्रै नभएर महासंघले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको समेत बताएको छ ।
यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपु-याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।
कोरोना भाइरसका काराण मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ ।
समग्रमा भन्दा मुलुक इतिहासकै सवैभन्दा गम्भीर संकटतर्फ उन्नमुख छ । महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाच्न पाउने अधिकारको रक्षा नै हो ।
साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघले सरकारसँग जोडदार माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया