आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? हेर्नुहोस्

काठमाडौं । मंगलवारको तुलनामा बुधवार विदेशी मुद्रो मूल्यमा बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारका लागी एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र विक्रिदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।

गत कारोबार दिन मंगलवार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रिदर ११७ रुपैयाँ ५४ पैसा रहेको थियो ।
त्यस्तै यूरोपियन यूरो एक यूरोको खरिददर १३८ रुपैयाँ ०६ पैसा र विक्रिदर १३८ रुपैयाँ ७७ पैसा तोकेको छ ।

एक यूके पाउन्ड स्र्टोलिङको खरिददर १५२ रुपैयाँ ८७ पैसा र विक्रिदर १५३ रुपैयाँ ६५ पैसा रहेको छ ।

गत कारोबार दिन यूके पाउन्ड स्र्टोलिङ एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र विक्रिदर १५३ रुपैयाँ ०१ पैसा रहेको थियो ।

स्वीस फ्रन्क १ को खरिददर १२८ रुपैयाँ ५० पैसा र विक्रिदर १२९ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ७९ पैसा र विक्रिदर ३८४ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी बहराईन दिनार १ को खरिददर ३१० रुपैयाँ ४८ पैसा र विक्रिदर ३१२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?