काठमाडौं । प्रमुख शक्तिपीठमध्येको एक धरानको दन्तकाली मन्दिर यसपालिको दशैँमा पनि नखुल्ने भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण दशैँमा मन्दिरमा दसैंमा पूजाआजा गर्न र दर्शनका लागि नआउन भक्तजनहरुलाई आग्रह समेत गरिएको छ।
विगतमका वर्षहरुमा नवरात्रिको सुरुवातदेखि नै भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।
मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार बडादशैँ नित्य पूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय गरिएको छ ।
महादेवले शव पिठ्युँमा बोकेर हिँडेको बेला यहाँ सतीदेवीको दाँत झरेको किंवदन्ती छ । धरान उपमहानगरपालिका १४ मा रहेको दन्तकाली मन्दिरमा दसैंमा पूजाआजा गर्न र दर्शनका लागि नआउन भक्तजनहरुलाई आग्रहसमेत गरिएको छ ।
धरामा कोरोना संक्रमणको जाखिम बढेसँगै त्यहाँको प्रशासनले सार्वजनिक स्थलहरुमा भीडभाड नगर्नका लागी निर्देशन दिएको छ ।
विगतका वर्षहरुमा जस्तो नवरात्रिमा बढाँइ नगरिने र फुलपातीको पनि विधि मात्र गर्न लागिएको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया