काठमाडौं । वि.सं. २०७७ साल आश्विन २९ गते । बिहीवार । इ.स.२०२० अक्टोबर १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन कृष्णपक्ष । तिथी–त्रयोदशी,०६ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी,२८ बजेर १३ मिनेट उप्रान्त औशी ।
नक्षत्र– उत्तराफाल्गुनी,१७ बजेर ३६ मिनेट उप्रान्त हस्त । योग–ब्रम्ह,१० बजेर २६ मिनेट उप्रान्त ऐन्द्र । करण–वणिज,०६ बजेर २५ मिनेट उप्रान्त भद्रा,१७ बजेर २० मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेटमा, सूर्यास्त १७ बजेर ३२ मिनेटमा । दिनमान २८ घडी ४१ पला । ग्रामिण महिला दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धी हरु नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनीतिज्ञ तथा समाजसेवीका लागी समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ । घरजग्गा तथा सवारी साधन सम्बन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरु नै हाबी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार होईनेछ । छिटो बोल्दा वा निर्णयहरु गर्दा परिस्थिती विग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउने तथा दैनिकी प्रभावित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागि समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय मध्ययम रहेकोले पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ तथा राम्रै नतिजा ल्याउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालवा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहेलहैमा लाग्नाले पढाई लेखाई बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलब्धी पनि गुम्न सक्छ । व्यापारमा लगानी गरे पनि न्यून नाफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारकासाथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया